FAQs Complain Problems

समाचार

प्राय सोधिने प्रश्नहरु

धरौटी फिर्ता सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

  • व्यहोरा सहितको निवेदन 
  • योजना तथा अनुगमन शाखा प्रमुखको सिफारिस
  • कार्यालय प्रमुखको तोक आदेश 
  • निवेदन दर्ता 
  • धरौटी फिर्ताको निर्णय

घरजग्गा नामसारी सिफारिस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :-

  • मृत्यु दर्ता प्रमाण पत्र प्रतिलिपि 
  • नाता प्रमाणित प्रमाण पत्र सिफारिस प्रतिलिपि 
  • नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि / १६ वर्ष नापुगेकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि 
  • अंशबन्डा भए बण्डापत्र प्रतिलिपि 
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र 
  • वडा सचिवको किटानी सिफारिस 
  • गत बर्षसम्म न.पा. लाई सम्पूर्ण कर बुझाएको प्रमाण 
  • स्थलगत वडा सर्जमिन मुचुल्का 
  • व्यवसाय दर्ता प्रमाण पत्र प्रतिलिपि (व्यवसाय हकमा) घर बहाल कर तिरेको रसिद 

नाता प्रमाणित गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :-

  • निवेदको नागरिकता प्रतिलिपि
  • नाता कायम गर्ने व्यक्तिहरुको नागरिता प्रतिलिपि
  • सम्बन्धित व्यक्तिहरुको २ प्रति फोटो

बसाईँसराइ गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :-

  • सूचकको नागरिकता प्रतिलिपि
  • सरेर जाने सम्बन्धि व्यक्तिहरुको नागरिकता वा नाबालको हकमा जन्म दर्ता

जन्म दर्ता गर्न पेश गर्नुपर्ने कागजातहरु  निम्न छन् :-

  • आमा बुवा दुवैको नागरिकता प्रतिलिपि
  • अन्य व्यक्ति सूचकको रुपमा आएमा उसको नागरिकता प्रतिलिपि

मृत्यु दर्ता गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :-

  • मृत्कको नागरिकता प्रतिलिपि
  • सूचकको नागरिकता प्रतिलिपि

विवाह दर्ता पेश गर्नुपर्ने कागजातहरु  निम्न  छन् :-

  • केटा र केटी दुवै जनाको नागरिताको प्रतिलिपि ।

Pages