समाचार
वडा नं. २
वडा नं. २ को संक्षिप्त परिचय
राजमार्ग सँगै जाेडिएको रुपनी गाउँपालिकाको बिच भु-भागमा पर्ने वडा नं. २ को जनसंख्या ५६९४ रहेको छ। यस वडाको छेत्रफल ८.७ वर्ग कि.मी. रहेको छ। यस वडाका जनप्रतिनिधि श्री दानालाल साह २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।
* स्थापना: २०७३/११/२७
* समावेश गाविस: नकटी रायपुर (१–५)
* जनसंख्या: ५६९४
* क्षेत्रफल: ८.७ ( वर्ग कि.मी.)
* समावेश गाउँहरू:लौवापार, पिप्राही, पौवा र कटैयाको ईसराही टोल
* भाषा: मैथली, नेपाली तथा हिन्दी
* विद्यालय: - श्री बुधेश्वरी आ.वि. हरिराबा, श्री आदर्श सरस्वती प्रा.वि. लौवापार
* स्वास्थ्य चौकी: - पिप्पराहि स्वास्थ्य चौकी
सूचना तथा प्रविधि तर्फ
सूचना प्रविधि तर्फ भएका काम-काजहरु संक्षिप्त विवरण
* २ वटा कम्प्युटर सिस्टम जडान गरिएका छन् ।
* २ वटा कलर सहित जम्मा ३ प्रिन्टरहरु छन।
* ६ वटा सि.सि.टि.भि. जडान गरिएका छन।
* पावर ब्याकप सिस्टम जडान गरिएको छ।
* ईनटरनेट सेवा सुचारु गरिएको छ।
* एउटा फ्रि वाईफाइ जडान गरिएको छ।
* सामाजिक सुरक्षा तथा व्यक्त्तिगत घटना दर्ता अनलाई हुँदै आएको छ।
* सामाजिक सुरक्षा तथा बालपोषण भत्ता बैंकिङ्ग प्रणालिबाट २०७५/१२/१ गते देखि वितरण गर्दै आएको छ।
* मालपोत तथा नगदि रसिद अनलाईन काटिदै आईरहेको छ।
* १७२ किसिमका सिफारीहरु अनलाईन गर्दै आइरहेका छन्।