समाचार
सर्बसाधारणले अनलाइन घटना (जन्म दर्ता) दर्ता कसरी गर्ने ?
यस प्रविधिको प्रयोगबाट सर्बसाधारणले घरमै बसि अनलाइन जन्म दर्ता फारम भर्न सकिनेछ । फारम भर्दा प्रप्त टोकन नम्बर लिएर गाउँपालिकाको वडाकार्यालयबाट सहजै प्रमाण पत्र लिन सकिनेछ । टोकन नं. फारम भर्दा प्रविष्टि गरिएको मोबाईल नं. मा आउछ ।
फारम भर्ने तरिकाहरु
फारम भर्ने तरिकाहरु
-
रुपनी गाउँपालिकाको वेबसाइटःwww.rupanimun.gov.np मा गएर लिंक मा गएर “अनलाइन जन्म दर्ता प्रणाली (सेवाग्राही)” मा क्लिक गर्नुहोला । आथवा
-
केन्द्रीय पंजीकरण विभाग वेबसाइटःwww.docr.gov.np मा गएर अनलाईन घटना दर्ता (निवेदन) मा क्लिक गर्नुहोला आथवा
-
मोबाइल फोनमा केन्द्रीय पंजीकरण विभागको मोबाइल एप Google Playstore माGoogle Playstore टाइप गरि DOCR एप माउनलोड गरि अनलाईन घटना दर्तामा क्लिक गर्नुहोस् ।
पेज खुलेपछि “नयाँ थपनुहोस्” मा क्लिक गर्नुहोस् र फारम भर्नुहोस् ।
-
फारम भरिसकेपछि अन्तमा मोबाइल नं. हालेर पेश गर्नुहोस् ।
-
दिइएको मोबाइल नं. मा एउटा टोकन नं. आउँछ ।
-
त्यो टोकन नं. लिएर सम्बन्धित वडा कार्यालयमा ३० दिन भित्र सम्र्पक गर्नुपर्छ ।
-
३० दिन पछि टोकन काम लागने छैन र नयाँ फारम भर्नुपर्छ ।
-
नोटः यदि एक चोटि गाउँपालिकोमा कुनै व्यक्तिगत घटना Online दर्ता गरिएको छ भने सोही व्यत्तिको अर्को घटना दर्ता गर्नु पर्दा टोकन आवश्यक पर्दैन । पुरानो व्यक्तिगत घटना दर्तामा भएको व्यक्तिगत परिचय पत्र नं. ले हुन्छ ।
-
फारम भर्नको लागि Firefox Browser को प्रयोग गर्दा उचित हुन्छ ।
-
Traditional Unicode (Preeti Format) नजानेकाहरुले Romanized Unicode प्रयोग गर्न सक्नुहुनेछ, सो को लागि फारमको मथि पट्टि Romanized मा क्लिक गर्नुहोला ।
-
फारम भर्न छुट्टै Nepali Unicode install गरिरहनु जरुरी छैन ।
<!—start of prevent copy paste by crawlist.net-->
<!—end of prevent copy paste by crawlist.net-->